Prabhu Life Ad Final

पोखराको होटल स्नो पीकमा एभरेष्ट बैंकका ग्राहकले १०% सम्मको छुट पाउने

IME PAY
IME Life

एभरेष्ट बैंक लिमिटेडका ग्राहकहरुले पोखराको होटल स्नो पीकमा १० प्रतिशत सम्मको छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकलाई छुट र स्पेशल प्याकेजको व्यवस्था गर्न पोखराको होटल स्नो पीकसँग साझेदारी गरेसँगै बैंकका ग्राहकले सो बरबारको छुट पाउने भएका हुन् ।

एभरेष्ट बैंक र होटल स्नो पीकबीच हस्ताक्षर भए अनुसार ग्राहकहरुले आवास (सबै प्रकारका कोठाहरु), खाना र पेय पदार्थमा १० प्रतिशत सम्म छुट पाउने छन् । ग्राहकहरुले एभरेष्ट बैंकको एटिएम वा क्रेडिट कार्ड देखाएर उक्त छुट पाउन सक्नेछन् ।

“सर्भिस विथ स्माईल” नारा सहित एभरेष्ट बैंकले सदैव ग्राहकको लाभ र सन्तुष्टिलाई मध्येनजर गर्दै आएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र १२० एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS