IME Life

सिटी एक्सप्रेस पनि कनेक्ट आईपीएस प्रणलीमा आबद्ध

SPIL
NIC ASIA

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल क्लियरिङ हाउसबीच अन्तर बैंक भुक्तानी प्रणाली सेवा सुरु गर्ने गरी सम्झौता भएको छ । क्लियरिङ हाउसको कनेक्ट आईपीएसमार्पmत ८० भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरुबाट कारोबार हुने गरेको जनाएको छ ।

सम्झौता पत्रमा क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधान र सिटी एक्सप्रेस प्रबन्ध निर्देशक चन्द्र टण्डनले हस्ताक्षर गरे ।

Prabhu
Crest

यस सेवाअन्तर्गत अब सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट रेमिटान्स कारोबारहरु कनेक्ट आईपीएस ई–पेमेन्टमार्पmत रियल टाइम र एनसीएचएल–आईपीएसमार्फत तोकिएको सीमामा उक्त कारोबारहरु भुक्तानी गर्न सकिन्छ । यसअनुरुप अब बैंक भुक्तानी कार्यहरु धेरै सहज र सरल हुने सिटी एक्सप्रेसको विश्वास छ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १३ वर्षदेखि काम गर्दै आएको छ । विश्वभर रहेका रेमिट एजेन्टहरुबाट सात हजारभन्दा बढी नेपालको एजेन्टहरुमार्फत भुक्तानी हुन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS