IME Life

फेसबुकबाट करोडौं प्रयोगकर्ताको मोबाईल नम्बर चोरी

SPIL
NIC ASIA

एजेन्सीहरु । विश्वभरका जनताको साझा प्लेटफर्म फेसबुकमा आबद्ध करोडौं प्रयोगकर्ताको मोबाईल नम्बर चोरी भएको छ । चोरी भएको मोबाईल नम्बर एक वेभसाईटले सार्वजनिक गरेको छ ।

गत बुधबारसम्म फेसबुकको डाटाबेसबाट ४१ करोड ९० लाख प्रयोगकर्ताको महत्वपूर्ण सूचना, स्थान र मोबाईल नम्बर चोरी भएको हो । साईबर सुरक्षाबारे संसारभर नै प्रश्न चिन्ह उठिरहेको बेला सो मात्रामा फेसबुकबाट डाटा चोरी भएको हो । फेसबुक प्रयोगकर्ताको फोन नम्वरसहितको जानकारी वेभसाईटमार्फत सार्वजनिक भएपछि विश्वभरका फेसबुक प्रयोगकर्ता शसंकित बनेका छन् ।

Prabhu
Crest

सबैभन्दा धेरै अमेरिकाका १३ करोड ३० लाख (१३३ मिलियन) प्रयोगकर्ताको डाटा चोरी भएको छ भने भियतनामका ५ करोड (५० मिलियन) र यूकेका १ करोड ८० लाख (१८ मिलियन) फेसबुक प्रयोगकर्ताका जानकारी चोरी गरी बाहिर सार्वजनिक गरिएको छ ।

फेसबुकको डाटाबेसमा ह्याकरहरु छिरेर प्रयोगकर्ताका फोन नम्बर सार्वजनिक गरेका हुन् । उक्त डाटाबेसमा फेसबुक प्रयोगकर्ताका युजर आइडी, लिंग (जेन्डर) तथा फोन नम्बर संग्रह गरिका थिए । फेसबुकले डाटा चोरी भएको स्वीकार गरेको छ । फेसबुकले उक्त साईबर आक्रमणको बीमा गरिएको थियो वा थिएन् भन्ने केही बताएको छैन । कतै क्षतिपूर्ति दावी परेमा कसले सो को क्षतिपूर्ति भराउँछ भन्ने अन्योल छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS