भदौ २९ गतेदेखि नेको इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम संचालन गर्दै

324

काठमाडौं । नेको इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले अभिकर्ताहरुो क्षमता अभिबृद्धि गर्ने उद्देश्यले उक्त तालिम संचालन गर्न लागेको हो ।
इन्स्योरेन्स कम्पनीले उक्त तालिम काठमाडौंमा संचालन गर्न लागेको हो । उक्त तालिम भदौ २९ गतेदेखि भदौ ३१ गतेसम्म संचालन गर्ने जनाएको छ । तालिम शुल्क १ हजार रुपैयाँ लाग्ने कमपनीले जनाएको छ ।

तालिममा सहभागी हुनलाई न्युनतम एसएलसी पास हुनुपर्ने छ । इच्छुक तथा योग्यता पुगेका आवेदकहरुले कम्पनीको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयशरुबाट निवेदन दिन सकिने जनाएको छ । निवेदन दिने अन्तिम दिन भदौ २७ गतेसम्म रहेको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्