आईपीओ जारी गर्ने प्रस्तावसहित ज्योती लाइफले बोलायो असोज १२ मा साधारण सभा

690

काठमाडौं । ज्योती लाइफ इन्स्योरेन्सले असोज १२ गते दोस्रो साधारण सभा आब्हान गरेको छ । इन्स्योरेन्स कम्पनीले आईपीओ जारी गर्ने प्रस्तावसहित साधारणसभा बोलाएको हो । साधारण सभा बिहान ११ बजे पोखरामा बस्ने कम्पनीले जनाएको छ ।

साधारणसभामा अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, आगामी आर्थिव वर्षको लागि लेखापरीक्षक नियुक्त गर्ने साधारण प्रस्तावका अतिरिक्त आईपीओ निष्कासन गर्ने, सञ्चालकहरुको तलबभत्ता पुनरावलोकन गर्ने र नियामकको निर्देशनबमोजिम प्रबन्धपत्र र नियमावलीमा केही संशोधन गर्नुपर्ने अवस्था भए त्यस्तो संशोधन गर्ने प्रस्ताव पारित हुने कम्पनीले जनाएको छ ।

हाल इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । कम्पनीले ६६ करोड बराबरको ६६ लाख कित्ता आइपिओ जारि गर्न लागेको हो। आइपिओ बिक्रि तथा वितरण पश्चात कम्पनिको चुक्ता पूँजी २ अर्ब २० करोड पुग्नेछ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्