IME Life

पोखरामा एजेन्सी–अभिकर्ता सम्मान गर्दै रणनीति बनाउँदै नेपाल लाईफ

SPIL
NIC ASIA

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भोलिदेखि पोखरामा दुई दिने ब्रान्च म्यानेजरहरुको भेला आयोजना गर्दैछ । आगामी वर्षको रणनीति बनाउन तथा उत्कृष्ट कार्य गर्ने अभिकर्ताहरुलाई सम्मान गर्न कार्यक्रम आयोजना गरिएको नेपाल लाईफले जनाएको छ । कम्पनीले भदौं २० र २२ गते पोखरामा उत्कृष्ट अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुलाई सम्मान गर्ने कार्यक्रम आयोजना गर्दैछ ।

पोखरामा आयोजित भव्य कार्यक्रमका बीच ५० जना उत्कृष्ट अभिकर्ता, ५० जना उत्कृष्ट एजेन्सी म्यानेजर तथा उत्कृष्ट ब्रान्च म्यानेजरहरुलाई सम्मानित गरिने नेपाल लाईफले जनाएको छ । कम्पनीका अनुसार व्यवसायिक लक्ष्य पुरा गरेका अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुलाई सम्मान तथा उत्प्रेरणा सहितको कार्यक्रम गर्न लागिएको हो । नेपाल लाईफले पोखराबाट चालु आर्थिक वर्षको लागि जीवन बीमा रणनीति तयार गरी दशैभरि प्रवाह गर्नेछ ।

Prabhu
Crest

नेपाल लाईफका सिईओ विवेक झाले कम्पनीले चालु आबमा अपनाउने रणनीति देशैभरि प्रवाह गर्न कार्यक्रम महत्वपूर्ण रहेको बताए । ब्रान्च म्यानेजरहरुको भेलाको पूर्वसन्ध्यामा सिईओ झाले इन्स्योरेन्स खवरसँग भने ‘नेपालको इन्स्योरेन्स ग्रोथ फेजमा छ, हामी पनि ग्रोथ र एक्सपान्सन नै गरेर अघि बढ्ने रणनीतिमा छौं ।’ सिईओ झाका अनुसार नेपाल लाईफ यस वर्ष शाखा कार्यालय विस्तार, एजेन्ट विस्तारको रणनीतिमा रहनेछ ।

त्यस्तै नेपाल लाईफले यस वर्षदेखि प्रविधिमैत्री बीमा कारोबारलाई प्राथमिकता दिनेछ । सिईओ झाले भने, ‘जोखिम मूल्याङ्कन प्रभावकारी बनाउने तालिम दिने तथा संस्थागत सुशासनमा जोड दिने योजना छ ।’ नेपाल लाईफ इन्स्योरेन्सले यस वर्ष टेक्नोलोजिकल एडभान्समेन्टका साथ बीमा बीमितिले एप्समार्फत आफ्नो बीमाको अवस्था थाहा पाउने व्यस्था गर्ने योजनामा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS