IME Life

इन्स्योरेन्स इन्टिच्युटमा साढे छ सय जनाले लिए तालिम

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिभित्रै सञ्चालन हुँदै आएको बीमा तालिम केन्द्र (इन्स्योरेन्स इन्टिच्युट) मा हालसम्म छ सय ५८ जनाले बीमा सम्बन्धी तालिम लिएका छन् ।

इन्स्योरेन्स इन्टिच्यूट नेपाल लि. संस्थाले सञ्चालन गरेको तालिममा हालसम्म ६५८ जनाले अण्डरराईटिङ, सुशासन, बजारिकरण, कृषि बीमा तथा सम्पत्ति शुद्धिकरण जस्ता विषयमा तालिम लिएको बीमा समितिले जनाएको छ ।असार मसान्तसम्ममा विभिन्न इन्स्योरेन्स कम्पनी, बैंकका कर्मचारीहरु तालिममा सहभागी भएको इन्स्योरेन्स इन्टिच्युटका प्रमुख कार्यकारी अधिकृत एवम् बीमा समितिका बीमाविज्ञ भोजराज शर्माले बताए ।

Prabhu
Crest

केन्द्रका अनुसार हालसम्म २४ वटा कार्यक्रम संचालन भइसकेका छन् भने केही कार्यक्रम जारी छ । हाल जीवन बीमा, निर्जिवन बीमा कम्पनी र बैंकहरुहरुबाट समुह समुह बनाएर आवश्यकता अनुसार तालिम दिने गरिएको छ ।

नेपालको बीमा क्षेत्रमा नयाँ कम्पनीहरु सञ्चालनमा आएपछि बीमा क्षेत्रमा दक्ष जनशक्तिको अभाव चुलिएको हो । यही समस्यालाई सम्बोधन गर्न समितिले तालिम केन्द्रको स्थापना गरेको हो । बीमा समिति तथा कम्पनीहरुको पनि लगानी रहेको छ । सुरुका दिनमा बीमा समितिका ४६ जना कर्मचारी तालिममा सहभागी भएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS