IME Life

सिर्जना फाइनान्सको ६०% हकप्रदको बुक क्लोज मिति लम्बियो

SPIL
Sanima Reliance

काठमाडौ । सिर्जना फाइनान्सको ६० प्रतिशत हकप्रदको बुक क्लोज मिति परिवर्तन भएको छ । कम्पनीले अब १०ः६ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि असोज ६ गते बुक क्लोज गर्ने भएको छ ।

कम्पनीको बुधबार बसेको बैठकले प्राविधिक कारणले गर्दा बुक क्लोजको मिति परिवर्तन गरेर असोज ६ मा पुर्याएको हो । यसआधारमा असोज ५ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रद दाबी गर्न सक्नेछन् ।

Crest
Meta Holidays

यसअघि फाइनान्सले हकप्रदमा शुक्रबार (भदौ २० गते) बुक क्लोज गर्ने जानकारी गरेको थियो । फाइनान्सले कुल २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलाई औसत आधार जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ ।

हाल सिर्जना फाइनान्सको चुक्ता पुँजी ४६ करोड ८ लाख १५ हजार रुपैयाँ छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x