IME Life

मनोहरामा बन्दाबन्दै पक्की घर भत्कियो, कति भयो क्षति ?

SPIL
NIC ASIA

काठमाडौँ । एक हाउजिङ कम्पनीले काठमाडौंमा निर्माण गर्दै गरेको भवन गए रातिको वर्षाले भत्किएको छ । भर्खरै निर्माणको क्रममा रहेको भवन भत्केर पूर्ण रुपमा क्षति पुगेपनि मानिस नबसेको हुँदा मानवीय क्षति भने भएको छैन ।
शेयरवाल सहित साढे तीन तल्ले भवन ठूलो वर्षाका कारण जमिन भासिएर भत्केको छ । ग्रिन हिल सिटीले उक्त भवन कसलाई बिक्री गरेको भन्ने खुल्न सकेको छैन ।

तस्बिर/कुमार सञ्जयको फेसबुक

कागेश्वरी मनोहरा नगरपालिका मूलपानीस्थित ग्रीनहिल सिटी हाउजीङको निर्माणाधीन घर भत्किएपछि वरपरका बासिन्दा समेत पहिरो जाने डरले अत्तालिएका छन् । हाउजीङले दिएको जानकारी अनुसार २ बजे उक्त घर भत्किएको छ । निर्माणाधीन घर भएकाले बीमा दावी नपर्ने अनुमान गरिएको छ । यद्यपि उक्त घर निर्माण गर्दा करिब ६० लाख रुपैयाँ लागत लागेको अनुमान गरिएको छ । फिनिसिङ हुँदै गरेको घर भत्केको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS