IME Life

काठमाडौंमा सर्भर ह्याक गरेर भारतबाट रकम चोरी

SPIL
NIC ASIA

काठमाडौं । शनिबार रातिदेखि आइतबार विहानसम्म मच्चिएको बैंकरप्ट काण्डमा नेपाली एटिएम मेशिनबाट कति रकम झिकियो भन्ने अझै स्पष्ट भइसकेको छैन । नेपालबाट मात्र नभई ह्याकरहरुले भारतबाट समेत रकम झिकेको फेला परेको छ । त्यसको अनुसन्धान भइरहेको छ । नेपाल राष्ट्र बैंक तथा प्रहरीले पनि अनुसन्धान तीव्र रुपमा जारी छ ।

उता, बैंक ह्याकरहरुले भारतबाट समेत रकम निकालेको खुलेको छ । भारत समेत चल्ने नेपाली भिषा कार्ड प्रयोग गरी रकम निकालेको नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले आइतबार टेकुमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । नेपाल राष्ट्र बैंकले समेत भारतबाट पनि रकम झिकेको पुष्टि गरेको छ । तर कति रकम झिकेको भन्ने विवरण आईनसकेको जनाइएको छ ।

Prabhu
Crest

अध्यक्ष ढुंगानाका अनुसार अनुसार ह्याकरहरुले भारतबाट कति रकम झिकियो भन्ने एकिन भइसकेको छैन । प्राप्त जानकारी अनुसार नेप्सको नेटवर्कमा आबद्ध भएका बैंकको भिषा कार्डमार्फत रकम झिकिएको रिपोर्ट आइसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS