IME Life

लुम्बिनी विकास बैंकका नव नियुक्त अध्यक्ष रिजालद्धारा सपथ ग्रहण

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको हालै नियुक्त भएका नव नियुक्त अध्यक्ष दशरथ रिसालले सपथ ग्रहण गरेका छन् । उनले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

लुम्बिनी विकास बैंक लिमिटेडको भदौ १० गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार उनलाई बैंकले अध्यक्ष पदका नियुक्त गरिएको थियो ।

Meta Holidays
Crest

रिसालको बैंक तथा वित्तीय संस्थाको संचालक पदमा रही कार्य गरेको करिब १२ वर्षको अनुभव तथा विभिन्न व्यवसायीक तथा सामाजिक संस्थाहरुमा लामो समय कार्य गरेको अनुभव समेत रहेको छ ।

उक्त अवसरमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, का. मु. निर्देशक विरेन्द्र दत्त अवस्थि र बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराको उपस्थिति रहेको थियो ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS