Prabhu Life Ad Final

तेस्रो बार्षिकोत्सवमा रिलायबल लाईफले गर्यो रक्तदान कार्यक्रम

काठमाडौं । रिलायबल लाइफ इस्योरेन्स कम्पनीले आफ्नो तोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान तथा निः शुल्क स्वास्थ्य परिक्ष्ण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम कम्पनीको केन्द्रीय कार्यालय ज्ञानेश्वरमा सम्पन्न गरेको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनी र शाखा प्रबन्धक यम पोखरोल र कम्पनीका कर्मचारीहरु समेतले रक्तदान कार्यक्रममा सहभागी भएका थिए । उक्त कार्यक्रममा ५१ जनाले रक्तदान गरेको कम्पनीले जनाएको छ ।

NLIC

कम्पनीका प्रमुख कार्यकारी अधिकृत लोहनीले रक्तदाताहरुलाई प्रमाणपत्र समेत हस्तान्तरण गरेका थिए । साथै कम्पनीले आफनो बार्षिकोत्सवको अवसरमा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गर्ने भएको छ । उक्त अभिकर्ता सम्ममान कार्यक्रम बेलुका ५ बजे हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App