IME Life

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा चमत्कारिक सुधार, यसै साता नेपाल फर्कदै

SPIL
NIC ASIA

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा चमत्कारिक सुधार आएको र सम्भवतः यसै साता नेपाल फर्कने जनाइएको छ । प्रधानमन्त्री ओलीको मन्त्रिमण्डलका प्रभावशाली मन्त्री वर्षमान पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य रहेको र सम्भवतः यसै साता काठमाडौं फर्कने जानकारी गराएका छन् ।

Prabhu
Crest

उर्जा तथा सिंचाई मन्त्री पुनले शनिबार अपरान्ह सवा तीन बजे फेसबुकमार्फत प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिको पछिल्लो अवस्थाको बारेमा जानकारी सार्वजनिक गरेका हुन् । उनले फेसबुकमा भनेका छन्, ‘आज सिङ्गापुरमा प्रधानमन्त्रीज्यूको स्वास्थ्य ऊपचारको जानकारी लिने मौका मिल्यो र सामान्य स्वास्थ्य अवस्था तथा सोमबार र बुधवारको जाँच पश्चात नेपाल फर्कने खबरले असाध्य खुशी लाग्यो र थप स्वास्थ्य लाभको कामना !’

मन्त्री पुनका अनुसार बुधबारको परिक्षण पश्चात अर्थात आगामी शुक्रबारसम्ममा प्रम ओली नेपाल फर्कने जनाइएको छ । प्रधानमन्त्री ओली प्रत्यारोपण गरिएको मृगौलामा देखिएको खरावी देखिएपछि सिंगापुरमा प्लाज्माथेरासिस विधिबाट उपचार गर्न केही पहिले त्यसतर्फ गएका थिए ।

मन्त्री पुनका अनुसार बुधबारको परिक्षण पश्चात अर्थात आगामी शुक्रबारसम्ममा प्रम ओली नेपाल फर्कने जनाइएको छ । प्रधानमन्त्री ओली प्रत्यारोपण गरिएको मृगौलामा देखिएको खरावी देखिएपछि सिंगापुरमा प्लाज्माथेरासिस विधिबाट उपचार गर्न केही पहिले त्यसतर्फ गएका थिए । इण्डोनेसिया भ्रमणमा रहेका उर्जा मन्त्री पुन नेपाल फर्कदा सिंगापुरमा ट्रान्जिट मिलाएर प्रम ओलीको स्वास्थ्य स्थिति बुझ्ने प्रयास गरेका थिए । प्रधानमन्त्री ओलीसँगको भेटवार्तापछि मन्त्री पुनले उत्साहित हुँदै सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS