IME Life

सांसद गगन थापाद्वारा सिंहदरवारभित्रै धर्नामा बस्ने !

SPIL
NIC ASIA

काठमाडौं । सडक मर्मतको नाममा भत्काएर अलपत्र पार्ने क्रम बढ्दा सडक दुर्घटनामा बृद्धि भएपछि प्रतिनिधिसभाका सांसद तथा नेपाली कांग्रेसका युवा नेता गगन थापा सडक विभागमा धर्नामा बस्न पुगेका छन् । शुक्रबार सांकेतिक रुपमा सडक विभागमा धर्ना दिन पुगेका काडमाडौं क्षेत्र नं ४ का सांसद थापाले तत्काल सडक मर्मत सुरु नगरे सिंहदरवारमै धर्नामा बस्ने सार्वजनिक रुपमा सरकारलाई जानकारी गराएका छन् ।

सांसद थापाले काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ अन्तर्गतका सडकहरु तत्काल निर्माणको काम सुरु नगरे सिंहदरबारभित्रै धर्नामा बस्ने पूर्वाधार विकास मन्त्री रघुवीर महासेठलाई सन्देश पठाएका छन् । काठमाडौंको कपन, धोविखोला करिडोर आसपासका सडक मर्मत गर्ने भन्दै भत्काएर अलपत्र पारेका कारण सर्वसधारणले दैनिक दुर्घटना व्यहोर्नु परेको छ । दिनहुँ हुने दुर्घटना कारण भौतिक तथा मानवीय क्षति समेत हुँदै आएको छ ।

Prabhu
Crest

शुक्रबार सडक विभागमा प्रदेश सांसदसहित धर्नामा प्रतिनिधि सभाका सांसद थापाले भने, ‘सडक संघर्ष गर्नुको विकल्प नभइसकेपछि तत्काल काम सुरु गर्नका लागि यो सांकेतिक धर्ना हो । तत्काल काम सुरु नभए धर्ना कार्यक्रम हुन्छ । अबको धर्ना कार्यक्रम यहाँ हुँदैन, सिंहदरबारमा हुन्छ र मन्त्रालयभित्र हुन्छ ।’

शुक्रबारको सांकेतिक धर्नापछि अब सिंहदरवारभित्र कहिले धर्ना दिने भन्ने सांसद थापाले खुलाएका छैनन् । राजधानीसहित देशैभरिको सडक मर्मत गर्ने भन्दै भत्काउने अनि समयमा मर्मत नगर्ने परिपाटीको ठूलो मूल्य विकास पूर्वाधार उपभोक्ता जनताले चुकाइरहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS