IME Life

एजएलजी इन्स्योरेन्सको साधारण सभा असोज ८ गते, ६०% हकप्रद निष्काशन गर्ने

SPIL
Sanima Reliance

काठमाडौं । काठमाडौं । एजएलजी इन्स्योरेन्सले असोज ८ गते १३ औं वार्षिक साधारण सभा गर्ने भएको छ । भदौ १२ गते बसेको कम्पनीको संचालक समितिको बैठकको निर्णय अनुसार सभको मिति तय गरिएको हो । साधारण सभा आम्रपाली ब्यांकेट, थिरबम सडक बालुवाटार काठमाडौंमा बिहान ११ बजे सुरु हुने कम्पनीले जनाएको छ ।

सभा प्रयोजनका लागि एनएलजीले भदौ २५ गते बुक क्लोज गर्नेछ । यस आधारमा भदौ २४ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन सक्नेछन् ।

Crest
Meta Holidays

सभामा आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि छ । त्यस्तै, लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा छ ।

कम्पनीले जेठ १४ गतेको विशेष साधारण सभाबाट १०ः६ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरिसकेको छ ।
हाल कायम ६४ करोड ४ लाख ६ हजार २५० रुपैयाँ चुक्ता पुँजीमा ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । १०० रुपैयाँका दरले कुल ३८ लाख ४२ हजार ४३७.५ कित्ता सेयर निष्कासन गर्नेछ । हकप्रदपछि पुँजी १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।

तर, कम्पनीले आर्थिक वर्ष २०७४ /७५ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले नियमनकारी निकायले गरेको व्यवस्था अनुसार एनएफआरएस पद्धतिबाट वित्तीय विवरण तयार पार्दा जगेडा कोष तथा अन्य व्यवस्थाहरु कायम गर्नुपर्ने भएकाले आर्थिक वर्ष २०७४ / ७५ को नाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने कम्पनीले जनाएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x