IME Life

बीमा अभिकर्ता पेशाका समस्याः कमिशन छोड्नेदेखि, बैंकास्योरेन्स खारेजीसम्म

SPIL
NIC ASIA

काठमाडौँ । बीमा क्षेत्रमा बेरोजगार युवाहरुको बढ्दो आकर्षणसँगै चुनौति पनि बढ्दै गएका छन् । युवाहरुलाई रोजगारी दिने बैकल्पिक माध्यम बन्दै गएको बीमा अभिकर्ता पेशामा पेशागत मापदण्ड बनाउनुपर्ने विषयमा चोटिलो बन्दै गएको छ । बीमा अभिकर्ता पेशा बेरोजगारहरुका लागि जीवन गुजारा गर्ने माध्यम त बन्दै गएको छ । तर, बढ्दो आकर्षणका कारण भद्रगोल हुने त होइन, पेशागत मर्यादाको पक्षमा आवाज उठाउँदै आएकाहरु चिन्तित समेत हुन थालेका छन् ।

बीमा समितिको तथ्याङ्क अनुसार जीवन बीमा क्षेत्रमा साढे पाँच लाख अभिकर्ताहरु सक्रिय छन् । तर, बीमा अभिकर्ताहरुलाई व्यवस्थित र मर्यादित बनाउन केही पहिले गठन भएको पेशागत बीमा अभिकर्ता संघ गठन भएपनि साढे पाँच लाख बीमा अभिकर्ताहरुलाई एउटै मालामा गाँसेर नेतृत्व गर्नु पर्ने आवश्यकता टड्कारो हुन पुगेको छ ।

Prabhu
Crest

पछिल्लो समय बीमा अभिकर्ता पेशामा विभिन्न खालका समस्याहरु देखा परेको अभिकर्ता पेशामा लामो समयदेखि लागि परेका स्वंयम अभिकर्ताहरु बताउँछन् । बीमा अभिकर्ता पेशाका समस्या र चुनौतिका बारेमा गरिएको कुराकानी:

अभिकर्ताको प्रमोशन सिस्टम व्यवस्थित गरिनुपर्छ

ऋषिराम भुषाल, सिनियर एजेन्सी म्यानेजर, नेपाल लाइफ

अभिकर्ताको वृत्ति र बिकासको व्यवस्था (प्रमोशन सिस्टम) लाई निश्चित र संस्थागत नगरिनु अभिकर्ता पेशामा देखा परेको मुख्य समस्या हो । आवश्यक भन्दा बढी कम्पनी खोलेर अभिकर्ताबीचमा अस्वस्थ्य प्रतिस्पर्धा गराउने वातावरणको सृजना भईरहेको जस्तो लाग्छ यो पनि अभिकर्ता पेशामा देखा परेको अर्को समस्या हो ।

त्यस्तै, अभिकर्ता पेशाका अन्य समस्याहरुमा अभिकर्ता तालिम प्रभावकारी रुपमा नदिनु, कुल ग्राहस्थ उत्पादनमा बीमा उधोगमार्फत महत्वपूर्ण योगदान गर्ने अभिकर्ताहरुलाई राज्यबाट हेर्ने दृष्टिकोण कमजोर हुनु हो । बैंकास्योरेन्सको पूर्ण खारेज नहुनु बीमा अभिकर्ता पेशामा आएको अर्को समस्या हो ।

राज्यको निकायबाट बीमा सचेतना कार्यक्रम प्रभवकारी नबनाईनु, हरेक नागरिकलाई बीमा गराउन राज्यबाट प्रोत्साहित गर्ने कार्यक्रम जस्तै बीमा गर्ने रकममा कर छुटको सिमा समयानुकुल नगरिनु बीमा अभिकर्तामा देखा परेका समस्याहरु हुन् ।

बीमा अभिकर्ता पेशामा समस्याहरु छन्

स्वस्तिराज ओली, एजेन्सी म्यानेजर, महालक्ष्मी लाइफ इन्स्योरेन्स

बीमा अभिकर्ता पेशा नराम्रो पेशा भने होईन । जुनसुकै पेशा पनि समस्या विहिन भने हुँदैनन् । यस पेशामा पनि केही समस्याहरु भने छन् नै । आफु आवद्ध भईरहेको बीमा कम्पनीले भन्दा अन्य कम्पनीले अभिकर्तालाई दिने सेवा सुविधा बढी भएको भन्दै सो कम्पनीतर्फ मोडिनु बीमा अभिकर्ता पेशाको एउटा समस्या हो । पछिल्लो समयमा केही जीवन बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई लक्षित गर्दै विभिन्न खालका स्कीम देखाउँदै आएका छन् । अभिकर्ताहरु पनि सोही कम्पनीतर्फ आकर्षण हुने कारणले गर्दा बीमा अभिकर्ता पेशा प्रति समस्या उत्पन्न भईरहेको छ ।

त्यस्तै, बीमा अभिकर्ता पेशामा देखा परेको अर्को समस्या भनको क्लेमको हो । विगतमा केही निर्जीवन बीमा कम्पनीहरुमा हुने क्लेमको असर आज जीवन बीमा व्यवसायमा पनि परेको पाईन्छ । मार्केटमा बीमा प्रस्ताव लिएर जाँदा विगतमा हुने गरेका तीनै केही क्लेमका घटनाहरुलाई लिएर मान्छेहरु बीमा प्रति नकारात्मक धाराणा राख्ने गर्छन् ।

पेशाको परिचय खुलेर दिनसक्ने बनाउनुपर्छ

गोविन्द जोशी, एजेन्सी म्यानेजर, सिटिजन लाइफ इन्स्योरेन्स

बीमा अभिकर्ता पेशामा केही समस्याहरु छन् । ती समस्याहरु मध्ये एक हो कमिशन छोड्ने । अभिकर्ताहरु बजारमा जादाँ आफ्नो भागमा आउने कमिशन बिमितलाई छोड्ने गर्छन्, जुन बीमा अभिकर्ता पेशामा देखा परेको एक किसिमको बिचलन हो । आफूले पाउने कमिशन बीमितलाई दिने जस्तो आफ्नो पेटमा आफैले लात हान्ने काम कसैले गर्नुहुदैन । यो बीमा अभिकर्ताको मूल्य मान्तया विपरितको काम हो ।

बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले अभिकर्ताहरुले पाउँने कमिशन तोकेको छ । त्यो अभिकर्ताहरुले पाउने अधिकारको कुरा हो । अर्को समस्या हो लाईसेन्स वितरणको छ । नियामक निकायले राम्रोसँग अनुगमन गर्न नसक्दा आज बीमा अभिकर्ताको लाइसेन्स घरघर मै पुग्छ । यो कुरा अभिकर्ता पेशामा देखा परेको मूख्य समस्या हो । त्यस्तै, अभिकर्ताहरु खुलेर आफ्नो परिचय नै दिन नचाहनु बीमा अभिकर्ता पेशामा देखा परेको अर्को समस्या हो । कारण के भने बीमा अभिकर्ता भनेपछि समाजमा हेर्ने दृष्टिकोण नराम्रो होला भनेर बीमा अभिकर्ता पेशा बजारमा खुलम् खुल्ला भन्न नसक्नेहरु पनि छन् । त्यसैले यो पेशालाई व्यवस्थित र मर्यादितका साथै सम्मानजक रुपमा सार्वजनिक ठाउँमा बीमा अभिकर्ता हुँ भनेर भन्न सक्ने बनाउनुपर्छ ।

अभिकर्ताको क्षमता अभिबृद्धि गर्नुपर्छ

सुरेन्द्र गिरी, एजेन्सी म्यानेजर, महालक्ष्मी लाइफ इन्स्योरेन्स

बीमा अभिकर्ता पेशाका प्रमुख समस्याहरु भनेको कतिपय अभिकर्ताहरुलाई आफ्नो कम्पनीसँग भएका बीमा योजनाहरुको बारेमा जानकार नहुनु हो । अभिकर्ता पेशाको अर्को समस्या भनेको केही अभिकर्ताहरु बीमितसँग पैसा लिएर पनि समयमै कम्पनीमा नबुझाउने समस्या अर्को समस्या हो । यी र यस्ता खालका अन्य समस्याहरुले बीमा बजारमा नकारात्मक असर पारेको देखिन्छ ।

बैंकास्योरेन्स पूर्ण रुपमा खारेज गर्न सबै एकजुट हुनुपर्छ

प्रभा ज्ञवाली, सिनियर एजेन्सी म्यानेजर, एलआइसी नेपाल

बीमा अभिकर्ता पेशामा अहिले देखा परेको मूख्य समस्या भनेको बैंकास्योरेन्स नै हो । बैंकले बीमाको काम गर्दा हामीहरुलाई समस्या परेको छ । बैंकले बैंककै काम गरेमा अभिकर्ता पेशा सहज हुने थियो । खातावालाहरुलाई बैकले फोन गर्दै बीमाको प्रस्ताव राख्ने गर्ने गरेको पाईन्छ । यसको असर बीमा अभिकर्ता पेशामा परेको छ ।

सबै पेशाहरुमा आ आफ्नै खालका समस्याहरु हुने गर्छन् । तर आफु आफु जोडिएको पेशामा आईपरेका समस्याहरुलाई कसरी सामना गर्ने भन्ने कुरा हामी आफैमा भर पर्छ । हामी सबै एकजुट भएर बैंकास्योरेन्स पूर्ण रुपमा खारेज गर्न सक्रिय हुनुपर्दछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS