Prabhu Life Ad Final

नेको इन्स्योरेन्सको साधारण सभा भोली, १२% बोनश अनुमोदन गर्ने

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले भोली शनिबार (भदौ १४ गते) वार्षिक साधारण सभा बोलाएको छ । कम्पनको भदौ १० गते बसेको संचालक समितिको बैंठकको निर्णयले उक्त सभाको मिति तय गरेको हो ।

सभा प्रयोजनका लागि कम्पनीले भदौ ३ गतेदेखि भदौ १४ गतेसम्म बुक क्लोज गरेको छ । भदौ २ गतेसम्म कायम सेयरधनीले मात्र १२ प्रतिशत बोनस सुरक्षित गर्न सक्नेछन् ।

NLIC

सभामा कम्पनीले गत वर्षको नाफाबाट १२ प्रतिशत बोनस र कर तिर्न ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

कम्पनीले १४ करोड ११ लाख ५३ हजार ४०८ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । कर तिर्न ७४ लाख २९ हजार १२७ रुपैयाँ नगद पनि छुट्याइएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १७ करोड ६२ लाख ७८ हजार ४०० रुपैयाँ छ । बोनस वितरणपछि कम्पनस्ीको पुँजी १ अर्ब ३१ करोड ७४ लाख ३१ हजार रुपैयाँ पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App