मुक्तिनाथ विकास बैंकको २०% हकप्रद विक्री खुल्यो,कहिलेसम्म दिन पाइन्छ आवेदन ?

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आज भदौ १२ गतेदेखि हकप्रद शेयर बिक्रि खुला गरेको छ । बैंकले १ः०.२ को अनुपातमा २० प्रतिशत हकप्रद शेयर खुला गरेको हो ।

बैंकले ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँको ६१ लाख २९ हजार ५ सय २० दशमलव २५ कित्ता हकप्रद शेयर निष्काशन गरेको छ । हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकको लागि भिबोर क्यापिटल रहेको छ ।

उक्त हकप्रद शेयरमा लगानीकर्ताले असोज १५ गतेसम्म हकप्रद भर्न सक्ने छन् । बैंकले हकप्रद निष्काशनको लागि साउन ३१ गते बुक क्लोज गरेको थियो । त्यसर्थ, साउन ३० गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन् ।

हाल बैंकको चुक्ता पूँजी ३ अर्व ६ करोडमा हकप्रदपछि बैंकको चुक्ता पूँजी ३ अर्ब ६७ करोड ७७ लाख पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार