मिर्मिरे लघुवित्तद्धारा “माइतीको आगँन मिर्मिरे” तीज कार्यक्रम सम्पन्न

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका विभिन्न जिल्लाका आठ वटा शाखा कार्यालयहरुले “माइतीको आगँन मिर्मिरे”तीज कार्यक्रम आयोजना गरी सम्पन्न गरेका छन् । चितवन जिल्लाको खोलेशिमल र पिप्ले, सल्यान जिल्लाको श्रीनगर र थारमारे, काभ्रे जिल्लको बनेपा र ढुंर्ख तथा पूर्वी नवलपरासीको रजहर शाखाले तीज कार्यक्रम सम्पन्न गरेको हो ।

संस्थाले आफ्ना सेवाग्राही सदस्य, समुदायका अन्य महिला लगायत करिब १५००जना लाई समेटेर “माइतीको आगँन मिर्मिरे” मितव्ययी तीज कार्यक्रम २०७६ सम्पन्न गरेका हुन् ।

तीज लगायतका चाड पर्वहरुमा देखासिकी गरि अत्याधिक खर्च गर्ने हटाउँदै भविष्यका लागि बचत गर्ने बानी बसाल्न र सामूहिक भवनाको विकास गर्न देशभरीनै मितव्ययी तीज कार्यक्रमको आयोजना गरिरहेको लघुवित्तले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार