IME Life

बीमा कम्पनीहरुको वित्तीय विवरण राख्ने एउटै मापदण्ड बनाउने तयारी

SPIL
NIC ASIA

काठमाडौं । बीमा कम्पनीहरुले आफुखुशी वित्तीय विवरणहरु राख्ने तथा लेखा परिक्षण गराउने प्रवृत्तिको अन्त्य गर्दै बीमा समितिले सबै बीमा कम्पनीहरुलाई एउटै मापदण्डको लेखामान विधि अपनाउने भएको छ ।

अन्तर्राष्ट्रिय बीमा कम्पनीहरुले आईएफआरएसको स्टाण्डर्ड अनुसार लेखामान विधि अपनाउने भएपनि नेपाली बीमा कम्पनीहरुको हालसम्म कुनै मापदण्ड नै तयार नभएकोले तथ्याङ्क संकलन तथा विश्लेषण कार्य जटिल बनेको बीमा समितिले निष्कर्ष निकालेको छ । समितिका अनुसार अब सबैलाई एउटै लेखामान विधिको दायरामा ल्याइने छ ।

Prabhu
Crest

बीमा कम्पनीहरुलाई एनएफआरएस मापदण्डको लेखामान विधि अनिवार्य गरिनेछ । तर, एनएफआरएसको मापदण्ड नै बीमा समितिसँग नभएपछि कन्सटेन्ट हायर गरेर सो मापदण्ड निर्माण गरिने भएको छ । मापदण्ड निर्माणको लागि हालै मात्रै टेण्डर आह्वान गरिएको छ । टेण्डरमार्फत विशेषज्ञ नियुक्त गरेर एउटा निश्चित मापदण्ड तयार गरी सोही मापदण्ड सबैलाई लागू गर्ने योजनामा बीमा समिति रहेको समितिका सूचना अधिकारी निर्मल अधिकारीले इन्स्योरेन्स खवरलाई जानकारी दिए ।

बीमा समितिले त्यसको लागि इ–बिडिङ प्रक्रियामार्फत आउन बीमा लेखामान सम्बन्धी ज्ञान भएका परामर्शदाताहरुलाई आह्वान गरिसकिएको छ । परामर्शदाताले बिडिङ गर्दा नै योजना प्रस्तुत गर्नुपर्नेछ । उपयुक्त मापदण्ड पेश गर्ने योजना स्वीकृत हुने बीमा समितिले जनाएको छ । सके २०१९ भित्रैमा नसके २०२० बाट एनएफआरएस लागू गर्ने योजनामा बीमा समिति रहेको छ ।

बीमा लेखा सम्बन्धी मापदण्ड नहुँदा विभिन्न बीमा कम्पनीहरुले फरक फरक शैलीमा विवरण राख्दै आएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS