Prabhu Life Ad Final

रवि लामिछानेलाई काठमाडौंमा, नौमति बाजाले स्वागत

IME PAY
IME Life

काठमाडौं । चितवनमा १० दिन लामो प्रहरी हिराशतबाट सोमबार रिहा भएका न्यूज २४ का सञ्चारकर्मी रवि लामिछाने केही बेरअघि काठमाडौंमा आईपुगेका छन् ।

भरतपुरबाट जहाजमा काठमाडौं आएका लामिछानेलाई विमानस्थलमा उपस्थित मानिसहरुले भव्य स्वागत गरेका थिए । नौमति बाजासहित विमानस्थलमा रविको स्वागत गरिएपछि गाडी चढेर विमानस्थलबाट बाहिरिएका छन् । विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै लामिछानेले भने, ‘जिउँदा मानिसहरुले त दुःख दिन खोजेकै थिए मरेको मानिसलाई उठाएर दुःख दिने प्रयास गरियो यो भन्दा यस विषयमा बोल्दिन ।’

काठमाडौं आउनुअघि उनले चितवनमा भव्य र सभ्य आमसभा आयोजना गरेका थिए । उनलाई सोमबार अबेर चितवन जिल्ला अदालतले आत्महत्या दुरुत्साहन अभियोगमा पाँच लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।

लामिछाने काठमाडौंस्थित विमानस्थलमा ओर्लेपछिको भिड व्यवस्थापन गर्न प्रहरीलाई हम्मे हम्मे परेको थियो ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS