IME Life

वाणिज्य बैंकमध्येकै सर्वाधिक बीमा सुविधा सहित मेगा बैंकको फेमिली फस्ट’ बचत खाता संचालनमा

SPIL
NIC ASIA

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा माया बचत खाता फेमिली फस्ट’ ल्याएको छ । बैंकले बचतसँगै परिवारको स्वास्थ्य र सुरक्षा दिने उद्देश्यले ‘मेगा माया बचत खाता फेमिली फस्ट’ योजना संचालनमा ल्याएको जनाएको छ ।

बैंकले संचालनमा ल्याएको यस खाता, खातावाल तथा श्रीमान–श्रीमती लगायत दुई जना सन्तानको खाता खोल्न सकिने जनाएको छ । खाता खोल्नका लागि न्यूनतम मौज्दात १० हजार, देखि २० हजार र ३० हजारसम्मको विकल्प राखिएको समेत बैंकले जनाएको छ ।

Prabhu
Crest

बैंकले संचालनमा ल्याएको यस खातामा दुर्घटना मृत्यु बीमा, घातक रोग बीमा र उपचार खर्च समेत गरी एक परिवारका लागि नेको इन्स्योरेन्समा अधिकतम १ करोड ५० लाखसम्मको बीमा सुरक्षाको व्यवस्था गरिएको छ । बाणिज्य बैंकहरुले प्रदान गर्दै आएको बीमा सुरक्षा रकममध्ये हालसम्मकै सर्वा्धिक रकम हो ।

‘मेगा माया बचत खाता फेमिली फस्ट’ खाता खासगरि निजी तथा सरकारी क्षेत्रमा कार्यरत कर्मचारी, स्वरोजगारमुलक व्यवसाय गरिरहेका सर्वसाधारण व्यवसायी, बिभिन्न पेशा व्यावसायमा आबद्ध व्यक्तित्वहरुलाई उपयुक्त हुने बैंकको विश्वाश रहेको छ ।

खाता खोल्दा मोबाइल बैंकिङ र डेबिट कार्डमा ५० प्रतिशतदेखि शतप्रतिशतसम्म र क्रेडिट कार्डको शुल्कमा १० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS