IME Life

पुनर्बीमा कम्पनीको कूल बीमा शुल्क साँढे पाँच अर्ब, मुनाफा एक अर्बमाथि

SPIL
NIC ASIA

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार कम्पनीले गत आवमा पाँच अर्ब ५२ करोड ७४ लाख नौ हजार रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ ।

उल्लेखित रकम निर्जिवन बीमा शुल्क बापत पाँच अर्ब १२ करोड ३२ हजार रुपैयाँ संकलन गरेको छ । सो आर्जन समीक्षा अवधीको अघिल्लो आर्थिक वर्षको तुलनामा १०२ प्रतिशतले बढि हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले दुई अर्ब ५३ करोड ४५ लाख ५४ हजार रुपैयाँ निर्जिवन बीमा व्यवसायबाट कूल बीमा शुल्क आर्जन गरेको थियो ।

Prabhu
Crest

त्यस्तै समीक्षा अवधीमा ४० करोड ७३ लाख ७७ हजार रुपैयाँ जीवन बीमा शुल्क बापत आर्जन गरेको देखिएको छ । जीवन बीमा कम्पनीतर्फको आम्दानी अघिल्लो आर्थिक बर्षको सोही अवधिको तुलनामा कम्पनीको १७ प्रतिशत वृद्धि भएको छ ।

जीवन बीमा कम्पनीहरुसँगको कारोबारबाट अघिल्लो आर्थिक बर्षको सोही अवधिमा ३४ करोड ५६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो ।

कम्पनीले असार मसान्तसम्म कूल एक अर्ब १७ करोड ८० लाख ३४ हजार रुपैयाँ खूद मुनाफा आर्जन गरेको छ । सो मुनाफामा जीवन बिमातर्फ १९ करोड ११ लाख ६५ हजार रुपैयाँको योगदान रहेको छ भने निर्जीवन बिमातर्फ ९८ करोड ६८ लाख ६९ हजार रुपैयाँले योगदान गरेको देखिएको छ ।

अघिल्लो वर्षको यसै अवधिको तुलनामा जीवन बिमामा ६.३३ प्रतिशत र निर्जीवन बिमामा २५.४५ प्रतिशतले खुद नाफा वृद्धि भएको आज सार्वजनिक भएको वित्तीय विवरणमा उल्लेख छ ।

अघिल्लो वर्ष कम्पनीले जीवन बिमातर्फ १७ करोड ९७ लाख ६८ हजार रुपैयाँ र निर्जीवन बिमातर्फ ७८ करोड ६६ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । पुनर्बिमा कम्पनीले असार मसान्तसम्ममा निर्जीवन बिमातर्फ २ अर्ब ९६ करोड ६ लाख ४६ हजार रुपैयाँ रिजर्भ कोषमा राखेको छ । यस्तै, जीवन बिमातर्फ रिजर्भ कोषमा ५३ करोड २८ लाख ७३ हजार रुपैयाँ रहेको छ ।

हाल पुनर्बिमा कम्पनीको चुक्ता पुँजी ८ अर्ब ४० करोड रुपैयाँ रहेको छ । गत वर्ष यसै अवधिमा चुक्ता पुँजी ७ अर्ब १७ करोड ७५ लाख रुपैयाँ मात्र रहेको थियो ।

नेपाल पुनर्बिमा कम्पनीले १ अर्ब ६० करोड रुपैयाँ आइपीओ जारी गर्न क्रेडिट रेटिङ गराएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS