IME Life

हाईड्रोको लगानी जोखिममा, ४७% कम्पनीको शेयर मूल्य १०० भन्दा तल

SPIL
NIC ASIA

काठमाडौं । झण्डै १० वर्ष अघि दैनिक १८ घण्टा लोडसेडिङ हुने समयमा उर्जा क्षेत्रलाई उल्लेख्य प्रतिफल दिने बजार क्षेत्रका रुपमा लिइन्थ्यो । तर उर्जा क्षेत्रमा ठूलो लगानी भई हाल लोडसेडिङ मुक्तको अवस्थामा पुग्दा उर्जा क्षेत्रमा लगानी गर्ने शेयरधनीहरुले थाङ्नामा सुते झै हुन पुगेका छन् ।

प्रारम्भिक शेयरको मूल्य प्रतिकित्ता १०० भन्दा पनि तल झरेपछि उर्जा क्षेत्रको लगानीको भविष्यमाथि नै प्रश्न चिन्ह उठेको छ । शेयर बजारको विश्लेषण गर्दा उर्जा क्षेत्रमा शेयरधनीहरुको लगानी ऋणात्मक हुन पुगेको छ ।

Prabhu
Crest

हाल नेपाल स्टक एक्सेञ्चमा ३२ वटा हाइड्रोपावर कम्पनीहरु सूचिकृत रहेका छन् । नेप्सेमा सूचिकृत ३२ वटा हाइड्रोपावर कम्पनीहरुमध्ये १५ वटा हाइड्रोपावर कम्पनीहरुको बजार अंकित मुल्य १०० भन्दा कम रहेको छ ।

हाइड्रोपावर कम्पनीहरुको अहिलेको बजार मुल्यलाई हेर्दा नाजुक अवस्था देखिएको छ । हाइड्रोपावर कम्पनीहरुले आईपीओ निष्काशन गर्दा स्थानीयले पूर्ण आवेदन नदिने र सर्वसाधारण जनतालाई शेयर बिक्री गर्न पनि कम्पनीलाई हम्मे हम्मे पर्ने गरेको छ । अहिले कुल हाइड्रोपावर कम्पनीहरुको हिस्सामध्ये ४७ प्रतिशत कम्पनीको मुल्य १०० भन्दा कम रहेको कारण हाईड्रोपावरमा लगानी गर्ने लगानीकर्ताहरुको विश्वास घट्दै गएको छ ।
नोटः भदौ १० गते को बजार मुल्यको आधारमा तयार पारिएको तथ्याङकमा आधारित

विज्ञापनमा राम्रै रकम खर्च गरेर आईपीओको सूचना निकाले कम्पनीहरुले पनि लगानीकर्ताले हाइड्रोपावरको शेयरमा लगानी गर्न छोडेका छन् । यसको प्रमुख कारण भनेको दोश्रो बजारमा हाईड्रो कम्पनीको शेयरको मूल्य कम हुनु हो । हाईड्रोपावर कम्पनीलाई सुनको अण्डा पार्ने कुखुरी भन्दै हल्ला गरिएता पनि दोश्रो बजारमा भने हाइड्रोपावर कम्पनीको शेयर मुल्य कम भएकै कारण लगानीकर्ताको हाइड्रोपावर कम्पनीको शेयरमा लगानी गर्न चासो घटेको छ ।

सबैभन्दा कम शेयर मुल्य खानीखोला हाइड्रोपावरको ५७ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS