IME Life

नेपाल राष्ट्र बैंक र बैंक अफ कोरियाबीच सम्झौता, नेपालको वित्तीय समावेशीकरणमा सहयोग

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंक र बैंक अफ कोरियाबीच (बीओके–केपीपी) कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा दुई बैंकबीच बीओके–केपीपी सम्बन्धी सम्झोतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झोतापत्रमा नेपाल राष्ट्र बैंकका तर्फबाट गभर्नर कार्यालयका निर्देशक गोविन्दप्रसाद नागिला र दक्षिण कोरियाको केन्द्रीय बैंक, बैंक अफ कोरियाका अन्तर्रा्ष्ट्रिय मामिला विभागका डेपुटी डाइरेक्टर जनरल जी योङ जुङले हस्ताक्षर गरेका हुन् ।

Prabhu
Crest

कार्यक्रम अन्तर्गत बैंक अफ कोरिया र युनिभर्सिटी अफ कोरियाको संयुक्त अनुसन्धान टोलीले नेपालको वित्तीय समावेशीकरण तथा वित्तीय साक्षरताका बारेमा नीति तथा कार्यक्रम विषयमा अध्ययन–अनुसन्धान गर्नेछ । अध्ययनपछि टोलीले नेपाल राष्ट्र बैंकलाई अन्तरिम र अन्तिम (विस्तृत) गरी दुई चरणमा नीतिगत सुझावसहितको प्रतिवेदन प्रस्तुत गर्ने जनाएको छ ।

कार्यक्रमपछि नेपालको वित्तीय समावेशीकरण तथा वित्तीय साक्षरता अभियान विस्तारका लागि महत्वपूर्ण सुझावहरु प्राप्त हुने राष्ट्र बैंकको भनाई छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS