SKIP THIS

IK Anniversary
IME Life

युनाईटेड इन्स्योरेन्सका नयाँ अध्यक्ष कार्कीले लिए शपथ

SPIL
NIC ASIA

काठमाडौं । युनाईटेड इन्स्योरेन्सका नव नियुक्त अध्यक्ष भरत बहादुर कार्कीले मंगलबार बीमा समितिमा पुगेर शपथ लिएका छन् ।

Prabhu
Crest

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई समक्ष अध्यक्ष कार्कीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । युनाईटेड इन्स्योरेन्सको मुख्य लगानीकर्ता एनई ग्रुपले प्रतिनिधि परिवर्तन गर्दै कार्कीलाई पठाएपछि उनलाई सोमबार नै बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अध्यक्षमा चयन गर्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार मंगलबार बीमा समितिमा अध्यक्षलाई पद तथा गोपनीयताको शपथ खुवाइएको हो ।

अध्यक्षमा चयन भएका कार्की नेपालको वित्तीय क्षेत्रमा लामो अनुभव संगालेका व्यक्ति हुन् । कार्कीले संकटपूर्ण अवस्थामा रहेको देशकै पुरानो बैंक नेपाल बैंकको अध्यक्षको भूमिका निर्वाह गरेर बैंकलाई आजको अवस्थामा ल्याईपुर्याउन योगदान गरेका थिए । त्यस्तै नेपाल इन्स्योरेन्स कम्पनीको भूतपूर्व अध्यक्ष रहेका कार्की विश्व बैंकका धेरै परियोजनामा कन्सल्टेन्ट बनेर काम गरिसकेका अनुभवी व्यक्ति मानिन्छन् ।

इन्स्योरेन्स खवरसँग संक्षिप्त प्रक्रिया दिँदै नवनियुक्त अध्यक्ष कार्कीले आगामी दिनमा बीमाको पहुँच विस्तार र बीमालाई आम जनताको जीवनशैलीसँग जोडेर अघि बढ्न भूमिका खेल्ने बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS