युनाईटेड इन्स्योरेन्सको अध्यक्षमा कार्की चयन

काठमाडौँ । युनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको अध्यक्षमा एन.ई. ग्रुपबाट प्रतिनिधित्व गरेका भरत बहादुर कार्की चयन भएका छन् । कम्पनीले सो को जानकारी नेपाल स्टक एक्सचेन्जलाई गराएको छ । बीमा समितिबाट स्वीकृति पश्चात मात्रै कार्कीले अध्यक्षको कार्यभार सम्हाल्नेछन् ।

एनई कम्पनीले यसअघि प्रतिनिधित्व गरेका उदय कृष्ण उपाध्यायको स्थानमा कार्कीलाई मनोनयन गरेपछि युनाईटेड इन्स्योरेन्स कम्पनीको अध्यक्ष फेरिएका हुन् ।

नयाँ सञ्चालक नियुक्त भएको सम्बन्धमा कम्पनीले सञ्चालक समितिमा संस्थापक तर्फबाट प्रतिनिधित्व गर्ने गरी मनोनय गरेको हो । कम्पनीको भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले संचालक समितिको सदस्यमा भरत बहादुर कार्कीलाई चयन गरेको कम्पनीले जनाएको छ ।

बीमा समितिबाट नियमाअनुसार सपथ लिई अध्यक्षको पदभार ग्रहण गराउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार