IME Life

अधिकांश राष्ट्रिय स्तरका विकास बैंकले घटाए खराब कर्जा, कसले कति घटाए ?

SPIL
NIC ASIA

काठमाडौं । हाल नेपालमा सञ्चालित ख वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरु ११ वटा रहेका छन् । यी ११ वटा राष्ट्रिय स्तरका विकास बैंकहरुमध्ये अधिकांशले खराब कर्जा घटाउदै लगेका छन् । ११ वटा राष्ट्रिय स्तरका विकास बैंकमध्ये ४  वटा विकास बैंकको खराब कर्जा आर्थिक वर्ष २०७४ /७५ को चौथो त्रैमासको भन्दा बढेको छ भने बाँकी ७  वटा विकास बैंकहरुको खराब कर्जा घटेको छ ।

कुनै बैंकमा ५ प्रतिशतभन्दा बढी खराब कर्जा भएको अवस्थालाई जोखिमयुक्त मानिन्छ । तथ्यांकले राष्ट्रिय स्तरका विकास बैंकहरु जोखिम मुक्त भएको देखाउँछ । खराब कर्जा बढ्ने विकास बैंकहरुमा देवः विकास बैंक, ज्योति विकास बैंक, मुक्तिनाथ विकास र ओम डेभलपमेन्ट बैंक हुन् ।

Prabhu
Crest

सबैभन्दा धेरै खराब कर्जा घटाउनेमा लुम्बिनी विकास बैंक रहेको छ । आर्थिक वर्ष २०७५ /७६ को चौथो त्रैमाको यस अवधिसम्म आइपुग्दा बैंकको खराब कर्जा १ दशमलव ५७ प्रतिशतमात्र रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खराब कर्जा ३ दशमलव ३४ प्रतिशत रहेको थियो ।

सबैभन्दा कम खराब कर्जा
आर्थिक वर्ष २०७५/०७६ मा सबभन्दा कम निस्कृय मुक्तिनाथ विकास बैंकको देखिएको छ । जसको खराब कर्जाको हिस्सा ० दशमलव ०७ प्रतिशत रहेको छ । आव २०७४/०७५ मा बैंकको निस्कृय कर्जा ० दशमलव ००४ प्रतिशत रहेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खराब कर्जा १६५० प्रतिशतले बढेको हो ।

१० को अवस्था कस्तो
त्यस्तै , कामना सेवा विकास बैंकको खराब कर्जा ० दशमलव ९ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७४ /७५ चौथो त्रैमाससम्ममा बैंकको खराब कर्जा १ दशमलव १३ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७५/ ७६ को चौथो त्रैमाससम्म आइपुग्दा कैलाश विकास बैंकको खराब कर्जा ० दशमलव २४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खराब कर्जा ० दशमलव ३२ प्रतिशत थियो ।

गण्डकी विकास बैंकले पनि आर्थिक वर्ष २०७५ /७६ को चौथो त्रैमासको यस अवधिसम्ममा खराब कर्जा अनुपात घटाएको छ । बैंकले यस अवधिसम्म खराब कर्जा २० प्रतिशतले घटाए ० दशमलव ३३ प्रतिशतमा कायम गरेको छ ।

सांग्रिला विकास बैंकको खराब कर्जा ० दशमलव ८ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७४ ७५ मा बैंकको खराब कर्जा १ दशमलव ६२ प्रतिशत थियो ।

महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७५ /७६ को चौथो त्रैमाससम्ममा खराब कर्जा ३५ प्रतिशतले घटाएको छ । यस अवधिसम्ममा बैंकको खराब कर्जाको हिस्सा २ दशमलव ५४ प्रतिशत रहेको छ ।

त्यस्तै, ओम डेभलपमेन्ट बैंकले पनि आर्थिक वर्ष २०७५ /७६ को चौथो त्रैमाससम्ममा आइपुग्दा २ ३ प्रतिशतले खराब कर्जा बढाएको  छ । यस अवधिसम्म आइपुग्दा बैंकको खराब कर्जा ० दशमलव ६४ प्रतिशत रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS