एनएमबि ५० फन्डमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एनएमबि क्यापिटलको म्युचुअल फण्ड ‘एनएमबी फिप्टी’ को इकाई किन्ने आज अन्तिम दिन हो । क्यापिटलले एक अर्ब २० करोडको फण्डको प्रति ईकाई १० रुपैयाँका दरले १२ करोड ईकाई बिक्री साउन १३ गतेदेखि खुला गरेको थियो।

लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको छ ।

प्रति ईकाई १० रुपैयाँका अंकित दरका १२ करोड ईकाईमध्ये बिज पूँजी वापत १४ प्रतिशत कोष प्रवद्र्धक एनएमबि बैंक र १५ योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ भने बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार