Prabhu Life Ad Final

सन नेपाल लाइफद्धारा मृत्यु दावी भुक्तानी

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले मृतकको परिवारलाई मृत्यु दावी रकम भुक्तानी गरेको छ । कम्पनीले भिमदत्त नगरपालिका महेन्द्रनगर कंचनपुर बजार र कृष्णपुरमा छुट्टा छुट्टै कार्यक्रम आयोजना गरि मृत्यु दावी भुक्तानी गरेको हो ।

बीमित सोनम रानाको आमा वडाएक रानालाई मृत्यु दावी भुक्तानी गरेको कम्पनीले जनाएको छ । कम्पनीका महाप्रबन्धक कमलराज गौतमले ६१ हजार ६ सय रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

NLIC

बीमित सोनम रानाको प्रस्ताबक विरेन्द्र रानाको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भए पछि कम्पनीले सो बराबरको रकम हस्तान्तरण गरेको हो ।

त्यस्तै कम्पनीले बीमित जेनिसा रानाको आमा अनिता कुमारीलाई मृत्यु दाबी रकम भुक्तानी गरेको जनाएको छ । मृतकका परिवारलाई कम्पनीका महाप्रबन्धक कमलराज गौतमले ४३ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

बीमित जेनिसा रानाको प्रस्तावक सन्तोष कुमार रानाको बाथरुममा चिप्लिएर मृत्यु भएपछि कम्पनीले सो बराबरको रकम हस्तान्तरण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App