मिर्मिरे लघुवित्तले प्रस्ताव गर्यो ४५% बोनश, साथमा नगद पनि

काठमाडौं । मिर्मिरे लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको हो ।

संस्थाले ४५ प्रतिशतले हुन आउने ५ करोड ७९ लाख ५३ हजार ८ सय ८० रुपैयाँको बोनस शेयर र कर प्रयोजनको लागि २ दशमलव ३६८४ प्रतिशतले हुन आउने ३० लाख ५० हजार २ सय ४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

संस्थाले प्रस्ताव गरे उक्त लाभांश नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पूँजी १२ करोड ८७ लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार