गुराँस लाइफको ५० प्रतिशत हकप्रद शेयर नेप्सेमा सूचिकृत

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको छ । इन्स्योरेन्सको २९ लाख ७० हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले गत चैत २८ गतेदेखि जेठ १ गतेसम्म २९ लाख ७० हजार कित्ता (५० प्रतिशत) हकप्रद सेयर बिक्री गरेको थियो । सोही सेयर बिहीबार नेप्सेमा सूचीकृत गरिएको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ९२ करोड ९४ लाख रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार