सुनको मूल्य ३ सयले बढ्यो

काठमाडौं । सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ। साताको पहिलो दिन ७१ हजारले विक्री भएको सुन बुधबार ३ सय रुपैयाँ बढेर प्रतितोला ७१ हजार ३ सयमा कारोबार भईरहेको छ ।

मङ्गलबार छापावाला सुन प्रतितोला रु ७१ हजारमा कारोवार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु ३०० ले वृद्धि भएको छ । स्थानीय बजारमा तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार पुगेको छ । मङ्गलबार तेजाबी सुन प्रतितोला रु ७० हजार ७०० मा कारोवार भएको थियो । सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ ।

यस्तै बुधबार तेजावी सुन प्रतितोला ७१ हजार १ सयमा बिक्री वितरण भई रहेको छ । चाँदी प्रतितोला ८३० रुपैयाँमा विक्री भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार