SKIP THIS

IK Anniversary
IME Life

१० करोडको मेशिन र कच्चा पदार्थ खरानी, दमकल पुग्नै एक घण्टा, आजै बीमा दावी भुक्तानी प्रक्रिया सुरु

SPIL
NIC ASIA

काठमाडौं । पाँच घण्टापछि नियन्त्रणमा आएको झरुवारासीस्थित गुराया फुड प्रोडक्टको आगोलागीमा १० करोडभन्दा बढिको क्षति भएको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकमार्फत गराएको बीमा दावी भुक्तानीको लागि पनि आजै प्रक्रिया सुरु गरिएको सो उद्योगका व्यवस्थापक महेन्द्र सुवालले इन्स्योरेन्स खवरलाई बताए ।

Prabhu
Crest

विहान ११ः३० बजेको समयमा लागेको आगोबाट सँगै रहेको इष्टर्न इनर्जीको सामान समेत जलेको छ । इष्टर्न इनर्जीको कति क्षति भयो भन्ने विवरण प्राप्त हुन सकेको छैन । सो उद्योगमा कार्यरत एक कर्मचारीले दिएको जानकारी अनुसार विद्युत सर्ट भएर आगोलागी सुरु भएको थियो ।

आगो लागेपछि सञ्चालक अवाले भित्र पसेर कर्मचारीहरुलाई बाहिर निकालेका थिए । पल्लो छेऊबाट लागेको आगोले उद्योगमा राखिएको कच्चा पदार्थ, प्याकिङ गर्ने प्लाष्टिक, तेल आदिमा सल्केपछि नियन्त्रणमा लिन कठिन भएको थियो ।

एक कर्मचारीले दिएको जानकारी अनुसार दमकल आईपुग्न एक घण्टा ढिलो भएको थियो । एक कर्मचारीले भने, ‘आगोको मुस्लोले आकाश छोएपछि, त्यस्तै करिब एक घण्टापछि मात्रै दमकल आईपुग्यो । दमकल आईपुग्दा अधिकांश उद्योगमा आगो सल्किसकेको थियो ।’

तेल, प्याकिङ प्याष्टिक, कार्टुनका कारण आगो नियन्त्रणका लागि कठिन भएको थियो । उद्योगका अनुसार हिजो मात्रै ठूलो गाडीमा एक गाडी कार्टुन अनलोड गरिएको थियो ।

आगोलागीबाट सम्पूर्ण उद्योग खरानी भएपछि स्तब्ध अवस्थामा रहेका उद्योगपतिले कुन बीमा कम्पनीमा बीमा गरेको हो भन्ने सम्बन्धमा स्पष्ट पार्न सकेनन् । यद्यपि नेपाल इन्भेष्टमेन्ट बैंकमार्फत गरिएको बीमाका सर्भेएर आजै स्थलगत अवलोकन गर्न पुगेका छन् । यससँगै सो आगोगालीको आजैबाट बीमा दावी भुक्तानी प्रक्रिया सुरु भएको छ । भोलि र पर्सीमा प्रारम्भिक रिपोर्ट तयार गरेपछि बीमा दावी भुक्तानी प्रक्रिया सुरु हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS