IME Life

गोदावरीस्थित चिजबल उद्योगमा आगोलागी, करोडौंको क्षति, बीमा सर्भेएर पुग्दै

SPIL
NIC ASIA

काठमाडौं । सोमबार विहान ललितपुरको गोदावरी र झरुवारासीको बीचमा पर्ने भागमा रहेको एक उद्योगमा आगोलागी हुँदा करोडौंको क्षति पुगेको छ । आगो नियन्त्रणमा नआउँदै नेपाल इन्भेष्टमेन्ट बैंकले समन्वय गरी बीमा सर्भेएर लैजाने तयारी गरेको छ । इन्स्यारेन्स खवरलाई प्राप्त जानकारी अनुसार तीन वटा बीमा कम्पनीमा बीमा गरिएको थियो । तीन वटै बीमा कम्पनीका सर्भेयरहरुलाई लिएर नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारीहरु घटनास्थलमा पुग्ने प्रयास गरिरहेका छन् ।

Prabhu
Crest

स्थानीयबासी भिजन शर्माले दिएको जानकारी अनुसार गोदावारी नगरपालिका—१३ स्थित झरुवारासीमा रहेको गुराया चिजवल फ्याक्ट्रीमा भिषण आगलागी भएको ललितपुर प्रहरीले पुष्टि गरेको छ । महानगरीय प्रहरी बृत्त चापागाउँले कुरकुरे, चिजबल बनाउने उद्योगमा मध्यान्हदेखि आगो लागेको र अपरान्ह ५ः०० बजे नियन्त्रणमा आएको जनाएको छ ।

भिषण आगो लागेपछि सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र ललितपुर महानगरपालिकाको दमकलले आगो नियन्त्रणमका लिएको छ । तीनवटा दमकलको सहयोगमा आगो नियन्त्रण लिने प्रयास भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS