Prabhu Life Ad Final

हिमालयन जनरल इन्स्योरेन्सले निर्जिवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने

IME PAY
IME Life

काठमाडौं । हिमालयन जनरल इन्स्यारेन्स कम्पनीले निर्जिवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । व्यवसाय बृद्धि गर्ने उद्देश्यले स्वरोजगारको अवसर सिर्जना गर्न आगामी भदौं ३१ गतेदेखि असोज ४ गतेसम्म सात दिने आधारभूत निर्जिवन बीमा अभिकर्ताको तालिम सञ्चालन गर्न लागेको कम्पनीले सूचनामार्फत जानकारी दिएको छ ।

तालिममा सहभागी हुन चाहनेहरुले भदौं २७ गतेभित्र आवेदन दिन आह्वान गरिएको छ । शैक्षिक योग्यता एसएलसी उत्तिर्णले नागरिकताको प्रतिलिपी, शैक्षिक प्रमाणपत्रको प्रतिलिपी र पासपोर्ट साईजको फोटो चार प्रति लिई आवेदन दिन समेत आह्वान गरिएको छ । कम्पनीको केन्द्रीय कार्यालय बबरमहलमा दिइने तालिममा जम्मा ३० जना मात्रै सहभागी गराइने कम्पनीले जनाएको छ ।

कम्पनीले युवाहरुलाई स्वरोजगार बनाउन, बीमाको पहुँच तथा जनचेतना अभिबृद्धि गर्न तालिम सञ्चालन गर्न लागिएको जनाएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS