IME Life

ओम डेभलमेन्ट बैंकको नाफा ५२ प्रतिशतले बढ्यो, अन्य वित्तीय सूचक कस्तो ?

SPIL
NIC ASIA

काठमाडौं । ओम डेभलमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले यस अवधिसम्म ५९ करोड ९५ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको नाफा अघिल्लो वर्षको भन्दा ५१ दशमलव ८७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यसले ३९ करोड ४७ लाख ६७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

हाल ओमको चुक्ता पुँजी २ अर्ब ५१ करोड ५२ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६८ करोड ३४ लाख रुपैयाँ छ । बैंकले रिटेन्ड अर्निङमा पनि ७१ करोड २२ लाख ९६ हजार रुपैयाँ राखेको छ ।

Prabhu
Crest

बैंकले खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बृद्धि गरेको छ । बैंकले खुद व्याज आम्दानी ४० दशमलव २६ प्रतिशत र संचालन मुनाफा ३७ दशमलव ८५ प्रतिशतले बृद्धि गरेको हो बैंकले यो त्रैमासमा १ अर्ब २२ करोड ५१ लाख रुपैयाँ खुद ब्याज आम्दानी र ७९ करोड ६५ लाख ६२ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष ओमले ८७ करोड ३४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्दा ५७ करोड ७८ लाख ३६ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

बैंकले २१ अर्ब ९३ करोड ८७ लाख रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब १ करोड ९७ लाख रुपैयाँ कर्जा विस्तार गरेको छ ।

खराब कर्जा ०.९५ प्रतिशत बाट घटाएर ०.६४ प्रतिशतमा झारिदिएको छ । यसको कर्जा निक्षेप अनुपात ७८ दशमलव ७५ प्रतिशत बैंकको प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ६३ पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS