IME Life

एनएलजी इन्स्योरेन्सको जगेडा कोषमा ६५% वृद्धि, कुल बीमा शुल्क आर्जन एक अर्ब ६६ करोड

SPIL
NIC ASIA

काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७५/७६ को चौथो त्रैमाससम्म एक अर्ब ६६ करोड ५५ लाख ७१ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीले अघिल्लो आवको सोही अवधिमा एक अर्ब ५० करोड ४८ लाख ५५ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आवको सोही अवधिको तुलनामा ११ प्रतिशतले वृद्धि भएको छ ।

Prabhu
Crest

त्यस्तै कम्पनीले ८१ करोड ९३ लाख २२ हजार खुद बीमा शुल्क आर्जन गरेको छ । खुद बीमा शुल्क आर्जन रकम १८ प्रतिशतले बढि हो । गत आवको सोही अवधिमा कम्पनीले ६९ करोड १५ लाख ५२ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

चैथो त्रैमासको अवधिमा कम्पनीले १७ करोड ४२ लाख ९९ हजार रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीको प्रति शेयर आम्दानी २७ रुपैयाँ २२ पैसा छ । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३८ रुपैयाँ ७० पैसा रहेको थियो ।

कम्पनीको जगेडा कोषमा १९ करोड ८३ लाख रुपैयाँ संचित छ । कम्पनीको जगेडा कोष ६५ प्रतिशतले वृद्धि हुन सफल भएको छ । कम्पनीको बीमा कोष भने १२ प्रतिशतले वृद्धि हुँदै ७९ करोड २२ लाख ६९ हजार रुपैयाँ पुगेको छ । कम्पनीको हाल पूँजी ६४ करोड रुपैयाँ रहेको छ ।

चौथो त्रैमासको अवधिमा कम्पनीमा एक लाख ७१ हजार एक सय ६४ वटा बीमालेख जारी भएका छन् । कम्पनीले चौथो त्रैमासको अवधिमा ९७ करोड ५५ लाख ७० हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । कम्पनीको भुक्तानी हुन बाँकी दावी रकम ८४ करोड ८८ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS