IME Life

सन नेपाल लाइफको कुल बीमा शुल्क आर्जन १७९% ले बढ्यो, अन्य वित्तीय सूचकमा आकर्षक प्रगति

SPIL
NIC ASIA

काठमाडौँ। सन नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७५ /७६ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १० करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा इन्स्योरेन्सको नाफा २५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ करोड १६ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीकोे रिजर्भ कोषमा भने १७ करोड ६४ लाख ३६ हजार रुपैयाँ सञ्चिती रहेको छ ।

Prabhu
Crest

आर्थिक वर्ष २०७५ /७६ को चौथो त्रैमाससम्ममा कम्पनीले जीवन बीमा कोष २ सय ७२ प्रतिशतले बढाएर ६० करोड ३९ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो आर्थिक वषको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा १६ करोड २४ लाख रुपैयाँ रहेको थियो ।

खुद बीमा शुल्क आर्जन
कम्पनीले आर्थिक वर्ष २०७५/ ७६ को चौथो त्रैमाससम्ममा आइपुग्दा खुद बीमा शुल्क पनि बढाएको छ । आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्ममा आइपुग्दा कम्पनीले ७८ करोड ९९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १ सय ७२ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २९ करोड ८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

आर्थिक वर्ष २०७५/७६ को १२ महिनाको अवधिसम्ममा कम्पनीले ३४ लाख ६ हजार रुपैयाँ बराबरको कुल दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल दाबी भुक्तानी ४ सय ८ प्रतिशतले बृद्धि भएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७५/ ७६ को चौथो त्रैमाससम्ममा आइपुग्दा कम्पनीको प्रति शेयर आम्दानी ७ रुपैयाँ ३० पैसा रहेको छ । अधिल्लो आर्थिक वर्षको सोही अवधिमो कम्पनीको प्रति शेयर आम्दानी ५ रुपैयाँ ८३ पैसा रहेको छ ।
न नेपाल लाइफ इन्स्योरेन्सको वित्तिय विवरणमा देखिएको मुनाफामा भने हेरफेर हुनसक्छ । जीवन बीमा कम्पनीहरुको अन्तिम मुनाफा अडिटबाट बीमांकीय मूल्याङ्कनले भूमिका खेल्ने हुँदा फरक पर्न सक्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS