IME Life

आइएमई जनरल इन्स्योरेन्सको कुल बीमा शुल्क एक अर्ब २६ करोड, मुनाफाको अवस्था के छ ?

SPIL
NIC ASIA

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले आथिर्क वर्ष २०७५/७६को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चौथो त्रैमासको अवधि सम्ममा कम्पनीले १ अर्ब २६ करोड ६८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो । अघिल्लो आवको सोही अवधिको तुलनामा २६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले १ अर्ब ७७ लाख १९ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले प्रकाशन गरेको चौथो त्रैमासको वित्तीय विवरण अनुसार उक्त अवधिमा ९४ हजार ३९ वटा बीमालेख जारी भएका छन् । अघिल्लो आवको सोही अवधिमा ६९ हजार ३ सय ३६ वटा बीमालेख जारी भएका थिए ।

त्यस्तै, कम्पनीले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमास सम्ममा ५१ करोड ३० लाख ५ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । १ अर्ब २ करोड ६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको आइएमई इन्स्योरेन्सले जगेडा कोषमा १८ करोड २२ लाख ९४ हजार रुपैयाँ जम्मा गरेको छ । यस्तै चौथो त्रैमासको अवधिमा कम्पनीकोे बीमा कोषमा २६ करोड ४३ लाख ९६ हजार रुपैयाँ राखेको छ ।

Prabhu
Crest

२०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीले १७ करोड १२ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत आवको सोही अवधिमा कम्पनीले १६ करोड ८७ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ७८ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS