Prabhu Life Ad Final

जनरल इन्स्योरेन्सको साधारण सभा सम्पन्न, ३० करोडको आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित

IME PAY
IME Life

काठमाडौँ । जनरल इन्स्योरेन्स कम्पनी नेपालको प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभा एलिस रिसेप्सन, गैरिधारा, काठमाण्डौमा साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभा सुदूर पश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री र कम्पनीका संस्थापक अध्यक्ष झपटबहादुर बोहराले सयुक्त रुपमा गरे । सभा कम्पनीको संचालक समितिका अध्यक्ष कुनाल कयालको अध्यक्षतामा सम्पन्न भएको हो ।

कम्पनीको बार्षिक साधारण सभाले जारी पुँजी अन्तर्गत सर्वसाधारण समूहका लागि छुट्याइएको ३० प्रतिशतका दरले हुने जम्मा तीस करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपिओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै,कम्पनीको सञ्चालकमा निर्वा्चित कुनाल कयाल, लक्ष्मीप्रसाद श्रेष्ठ, कृष्ण बोहोरा र दिपेन्द्र अग्रवालको साधारण सभाले अनुमोदन गरेको छ ।

कम्पनीले आब २०७४/०७५ को करिब २४ कार्य्दिनमा कम्पनीले १९३ बीमालेख जारी गरि रु. ३१,६९,८९१.४० बीमाशुल्क संकलन गर्न सफल भएको बताएको छ । सो अनुरुप आव २०७५/०७६ मा कम्पनीले जम्मा ३१,२१७ बीमालेख जारी गरि रु. ३३,२४६१,४१२३र– बीमा शुल्क संकलन गर्न सफल भएको समेत सभामा जनाएको छ ।

त्यसैगरी कम्पनीले आव २०७५/०७६ मा जम्मा दाबी संख्या ७३८ परेको मध्ये जम्मा दाबी संख्या ५०८ को रकम रु. ४३,७५,०००र– भुक्तान गरिएको छ ।

कम्पनीले सम्पत्ति, सामुन्द्रिक, मोटर, इन्जिनियरिङ्ग, स्वास्थ्य, कृषि, पशुपंछी लगायत अन्य बीमाको सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS