IME Life

कामना सेवाको नाफा ३२ करोड ५४ लाख, अन्य वितीय सूचकमा आकर्षक सुधार

SPIL
NIC ASIA

काठमाडौं । कामना सेवा विकास बैंकले आर्थिक वर्ष ०७५ /७६ को चौथो त्रैमासम्ममा सबै वित्तीय सूचकहरुमा प्रगती हासिल गरेको छ । बैंकले आर्थिक वर्ष ०७५ /७६ को चौथो त्रैमासम्ममा ३२ करोड ५४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । हाल बैंकको चुक्तापूँजी २ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । त्यस्तै बैंकले आर्थि कवर्ष २०७५/७६ को चौथो त्रैमाससम्मको अवधिमा ५० करोड ८ लाख रुपैयाँ सञ्चिती गरेको छ ।

आर्थिक वर्ष २०७५ /७६ को चौथो त्रैमासको समिक्षा अवधिसम्म २२ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब १८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १५ अर्ब ७५ करोड रुपैया निक्षेप संकलन गरी १३ अर्ब २० करोड रुपैयाँ कर्जा पैवाह गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकले निक्षेप संकलनमा ४६ प्रतिशतले बृद्धि गरेको हो भने कर्जा प्रवाहमा ५३ प्रतिशतले बृद्धि गरेको हो ।

Prabhu
Crest

आर्थिक वर्ष २०७५/ ७६ को चौथो त्रैमासको समिक्षा अवधिसम्म आइपुग्दा बैंकले खुद ब्याज आम्दानीमा पनि बृद्धि गरेको छ । बैंकले यस अवधिसम्ममा ८८ करोड ७७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद ब्याज आम्दानी १७ दशमलव ६९ प्रतिशतले बढी हो ।

आर्थिक वर्ष २०७५ /७६ को चौथो त्रैमासको समिक्षा अवधिसम्म आइपुग्दा बैंकको निष्कृय कर्जा ० दशमलव ९० प्रतिशत रहेको छ । बैंकको पूँजीकोष अनुपात १७ दशमलव ०३ प्रतिशत रहेको छ । त्यस्तै प्रति शेयर आम्दानी १३.७० रुपैयाँ, मूल्य आम्दानी अनुपात ११.६८ गुणा, प्रति शेयर नेटवर्थ १३१.०९ रुपैयाँ र तरलता अनुपात २२.७४ प्रतिशत रहेको छ । बैंकले समीक्षा अवधिमा आधार दरलाई ११.५९ प्रतिशतमा सीमित गर्न सफल भएको छ ।

बैंकले आ.व. २०७५/०७६ मा सेवा विस्तारका क्रममा थप ३६ वटा नयाँ शाखा सञ्चालनमा ल्याउन सफल भएको छ । सेवा विस्तारकै क्रममा बैंकले थप २८ वटा एटिएम सञ्चालनमा ल्याउनुका साथै स्मार्ट टेलर, मोबाईल बैकिङ्ग, कामना सेवा रेमिट, भिजा कार्डजस्ता नविनतम् प्रडक्टहरु ग्राहकसामु प्रस्तुत गरिसकेको छ

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS