IME Life

जोखिम व्यवस्थापन गोष्ठी सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । बीएफआईएनको आयोजनामा बार्षिक जोखिम व्यवस्थापन सम्बन्धी गोष्ठी सम्पन्न भएको छ । बुधबार राजधानी काठमाडौंमा आयोजना गरिएको गोष्ठीमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो गोष्ठीमा प्राविधिक रुपमा वित्तिय क्षेत्रमा आउन सक्ने जोखिमका सम्बन्धमा चर्चा भएको थियो ।

Prabhu
Crest

मुख्यगरी, गलत तथ्याङ्कको प्रयोग, तथ्याङ्क चोरी, साईबर आक्रमण, संवेदनशील सूचनाहरुमा अनाधिकृत पहुँच देखि मानवीय व्यवहारसम्मको विषयबस्तुमा छलफल भएको बिएफआईएनका प्रबन्ध निर्देशक डा. बिनोद आत्रेयले जानकारी दिए ।

कार्यक्रममा वित्तिय क्षेत्रमा प्रविधिको विकास र यसवाट उत्पन्न जोखिमहरुवारे छलफल गरिएको थियो । साथै प्रविधिको प्रयोगले वित्तीय क्षेत्रको सुधारका साथमा जोखिम पनि बढाएको बिषयमा छलफल भएको बीएफआईएनले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले २०१८ डिसेम्बरमा बैंक तथा वित्तीय संस्थाको जोखिम व्यवस्थापन निर्देशिका जारी गरी कार्यान्वयनमा ल्याएको छ । जसअन्तर्गत कर्जा जोखिम, तरलता जोखिम, व्याजदर जोखिम, बजार जोखिम र सञ्चालन जोखिमलाई फरक फरक प्यारामिटरमा राखेर अध्ययन गर्ने गरिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS