IME Life

लुम्बिनी जनरल इन्स्योरेन्सको कुल बीमाशूल्क आर्जनमा ८ प्रतिशतले वृद्धि, अन्य सूचांक कस्तो ?

SPIL
NIC ASIA

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७५।०७६ को चौथोे त्रैमाससम्म एक अर्ब ३६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको आज प्रकाशित वित्तिय विवरणमा उल्लेख छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको चौथौ त्रैमाससम्म एक अर्ब २६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आवमा कम्पनीको कुल बीमा शुल्क आर्जन रकम ८ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै कम्पनीले ६६ करोड ३७ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । खुद बीमा शुल्क आर्जन रकम भने १५ प्रतिशतले घटेको छ ।

Prabhu
Crest

१२ महिनाको अवधिमा कम्पनीले २५ करोड ८९ लाख रुपैया खुद नाफा गरेको छ । खुद नाफा अघिल्लो आर्थिक वर्षको चौथौ त्रैमासको तुलनामा ८ प्रतिशतले मात्र वृद्धि भएको छ । कम्पनीको वार्षिक प्रति शेयर आम्दानी २९ रुपैयाँ ५२ पैसा छ । गत आर्थिक वर्षको चौथौ त्रैमासमा २७ रुपैयाँ १३ पैसा थियो ।

कम्पनीको जगेडा कोषमा २६ करोड ४९ लाख रुपैयाँ संचित छ । कम्पनीको जगेडा कोष ८० प्रतिशतले वृद्धि हुन सफल भएको छ । कम्पनीको बीमा कोष भने २८ प्रतिशतले वृद्धि हुँदै ५६ करोड ९८ लाख पुगेको छ ।

कम्पनीको कुल दावी भुक्तानी रकम ७५ करोड ४७ लाख रुपैयाँ छ भने खुद दावी भुक्तानी रकम ४४ करोड २८ लाख रहेको छ ।

कम्पनीको भुक्तानी गर्न बाँकी दावी रकम ८१ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको चौथा त्रैमासको विवरण अनुसार कम्पनीले ७१ करोड २८ लाख रकम भुक्तानी गर्न बाँकी छ ।

बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई एक अर्ब पुँजीको पुर्याउन निर्देशन दिएकोमा कम्पनीले अझै आफ्नो पुँजी वृद्धि गर्न सकेको छैन । कम्पनीले २० प्रतिशत हकप्रद शेयर निष्काशन लागि आज साधारणसभा हुदैछ । उक्त हकप्रद पश्चात कम्पनीको पुँजी एक अर्ब पुग्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS