एनआईसी एशिया बैंकमा आवद्ध सबैले मर्सि सिटी हस्पिटलमा १०% सम्मको छुट पाउने

180

काठमाडौँ । एनआईसी एसिया बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीले बुटवल, रुपन्देही स्थित मर्सि सिटी हस्पिटलमा उपचार गराउँदा हस्पिटलका विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको छुट पाउने भएका छन् ।

बैंक र हस्पिटलबीच हस्पीटलका सेवा सुविधामा १० प्रतिशत सम्मको छुट दिने सम्झौता भएसँगै बैंकका ग्राहक तथा कर्मचारीले छुट पाउने भएका हुन् ।

सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश नं ५ का प्रादेशिक कार्यालय प्रमुख तिलक सुन्दर कार्की र मर्सि सिटी हस्पिटलको तर्फबाट हस्पिटलका प्रबन्ध निर्देशक गोपाल प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

बैंकको मुलुकभर २९५ शाखा कार्यालयहरु, ३३४ एटिएम, ५७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्