पोखरामा भिषण आगोलागी, करोडमाथि बीमा दावी पर्ने

808

पोखरा । पर्यटकीय नगरी पोखरामा आज अपरान्ह लागेको आगोले भिषण आकार ग्रहण गर्दा ३२ वटा सटर जलेर नष्ट भएका छन् । प्रारम्भिक अनुमान अनुसार पाँच करोडभन्दा माथि क्षति पुगेको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरास्थित पोखरा महानगरपालिका न्यूरोडमा भीषण आगलागी हुँदा ३२ वटा सटर जलेर नष्ट भएको कास्की प्रहरीले जनाएको छ । स्थानीय भाटभाटेनी सुपरमार्केट नजिकैको सटरबाट सुरु भएको आगोलागी ३२ वटा सटरमा फैलिन पुगेको हो । आगलागीबाट ठूलो क्षति भएको र त्यसको राम्रै बीमा दावी पर्ने स्थानीय बीमा एजेन्टले जनाएका छन् । स्थानीय व्यापारीहरुले विभिन्न बैंक तथा वित्तिय संस्थाबाट ऋण लिएको र बैंकमार्फत नै बीमा गरिएको बुझिएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्