सहकारी र लघुबित्तले कर्जा लगानीमा ब्याजदर घटाउने भन्दा पनि आफ्नै तरिकाले निर्धारण गर्न पाउनुपर्दछ । कतिपयले बचतमा जतिसुकै कम वा बढी ब्याज आफैले दिन पाउनुपर्छ भन्ने पनि छन् । अवस्था र व्यक्ति हेरेर ब्याज दिनुपर्छ भन्ने धारणा पनि देखिएको छ । यस्ता धारणा भने गलत हुन् ।
सहकारीको विकृति पछिल्लो समय बढ्दै गएको देखिन्छ । त्यसैले सहकारीप्रतिको विश्वास आम–मानिसमा घट्नु स्वभाविक नै हो ।
सामाजिक धारणा अनुसार सहकारी नवसामन्ती हुन् र विकृति बढ्दै जाने क्रम बढेको कारण सहकारी आवश्यक नरहेको बताउछन् । सहकारीको संख्या अहिले मर्जर नीति अनुरुप बढ्ने भन्दा घट्ने गतिमा छ । त्यसैले यस्तो धारणा आमसर्वसाधरणमा आउनु स्वभाविक नै हो ।
कतिपय सहकारीसँग कारोबार गरेका सदस्यहरुले हामीले लिएको कर्जा पनि तिर्न नपरे हुन्थ्यो भन्ने धारणा पनि सहकारीको सदस्यहरुमा रहेको थियो ।
सहकारीले गर्दा हाम्रो बिजोग भयो, सुधार भएन,आर्थिक उन्नति भएन भन्ने स्थिति पनि सिर्जना भएको छ । यो नराम्रो पक्ष हो ।
जापानमा ०.५% मा बचत स्वीकारिन्छ भने २% मा कर्जा लगानी गरिन्छ । बिदेशी भूमिमा स्थापना भएका सहकारीको अवस्था हेर्दा नेपालमा सहकारी सहकारी नभई साहुकारि भएको छ ।
सहकारी र लघुबित्त विशेषत गरिब जनतालाई बिपन्नाताबाट माथि उकास्न सहयोगी हुनुपर्ने हो तर यहाँ ऋणसमेत तिर्न नसकेर चर्को ब्याजदरले गर्दा सदस्यको भागाभाग भएको देखिन्छ । त्यसैले नेपालको साहुकारीलाई सहकारीमा व्यवहारिक रुपमा रुपान्तरण गर्नु जरुरी छ ।
त्यस्तै लघुबित्तको कर्जा गरिब तथा बिपन्न बर्गलाई दिने कर्जा हो तर लघुबित्तमा चर्को ब्याजदर २४ प्रतिशत असुल्ने गरेको छ । लघुबित्त त गरिबमारा कार्यक्रम हो भन्ने धारणा पनि छ ।
सहकारी र लघुबित्तले जुनसुकै हालतमा भए पनि १० प्रतिशत भन्दा कममा कर्जा लगानी गर्नुपर्छ । यसको लागि सरकारसँग बाकी बित्तीय कारोबार गर्ने संस्थाको बारेमा समेत ठोस छलफल पश्चात् निर्णयमा पुग्नुपर्छ भन्ने थियो ।
एकाथरीको बिचार यस्तो मिश्रित थियो । सन्दर्भ ब्याजदर पनि मान्दैनौं, स्प्रेड दर पनि मान्दैनौं अनि आफ्नो पारा पनि छाड्दैनौ भन्ने सहकारीकर्मीहरुको धारणा छ । यस सम्बन्धमा एउटा स्पष्ट धारणा ठोस गरेर अघि बढ्नुपर्ने हुन आएको छ ।