IME Life

रिलायन्स लाइफ र खल्तीबीच सम्झौता, मोबाईलबाटै बीमा शुल्क तिर्न सकिने

SPIL
NIC ASIA

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेड र खल्ती डिजिटल वालेटबीच डिजिटल माध्यममार्फत बीमा शुल्क भुक्तानी सुविधा उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौता पश्चात रिलायन्स लाईफ इन्स्योरेन्सका ग्राहकले आफ्नो मोबाईलमा रहेको खल्ती एपमार्फत सिधै बीमा शुल्क भुक्तानी गर्न सक्ने खल्ती डिजिटल वालेटले जनाएको छ ।

Prabhu
Crest

ग्राहकले आफ्नो बीमा शुल्क खल्ती वालेटमा भएको ब्यालेन्स अथवा इन्टरनेट बैंकिङ र मोबाईल बैंकिङ मार्फत सहजै बुझाउन सक्ने जनाइएको छ ।

उक्त सम्झौताको बारेमा बोल्दै रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले खल्तीसँगको डिजिटल सहकार्यबाट बीमा शुल्कको भुक्तानी अझै सर्वसुलभ भएको बताए । उनले भने, ‘डिजिटल भुक्तानी सेवा सुरु गर्न पाउँदा हामी उत्साहित बनेका छौं ।’

‘डिजिटल माध्यमबाट यसरी बीमा शुल्क तिर्दा ग्राहकहरुको सजिलै अन्लाईन रेकर्ड रहने हुँदा अनियमितता रोक्न पनि मद्दत पुर्याउँछ । डिजिटल भुक्तानी सेवाले ग्राहकहरुलाई सुविधा पुर्याउनुका साथै इन्स्योरेन्स उद्योगलाई पनि फाइदा पुर्याउने कुरामा हामी विश्वस्त छौं ।’ उनले भने ।

त्यस्तै, खल्ती मार्फत जीवन बीमाको भुक्तानी सेवा सुचारु गर्न लागेको अवसरमा खल्तीका प्रवन्ध निर्देशक मनिष मोदीले रिलायन्स लाईफसँग सम्झौता गर्न पाउँदा उत्साहित रहेको बताए । मोदीले भने ‘अब रिलायन्स लाईफ इन्स्योरेन्सका ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न इन्स्योरेन्स कम्पनीको अफिस वा बैंक धाइराख्नु पर्दैन । मोबाईलमा खल्ती एप इन्स्टल गरी सजिलै बीमा शुल्क भुक्तानी गर्न सक्नुहुनेछ ।’

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS