Prabhu Life Ad Final

ओमसँग एकता प्रस्ताव अनुमोदन गर्न एनएमबिले बोलायो साउन २८ गते विषेश साधारण सभा

IME PAY
IME Life

काठमाडौं । एनएमबि बैंकले साउन २८ गते विषेश साधारण सभा बोलाएको छ । एनएमबि बैंकले ओम डेभलपमेन्ट बैंकसँग मर्ज गर्ने प्रस्ताव अनुमोदन गर्न साउन २८ गते विशेष साधारण सभा डाकेको हो ।

सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको हल (स्टाफ कलेज) जावलाखेलमा बिहान १० बजे सुरु हुने बैंकले जनाएको छ । सभामा मर्जर तथा गाभ्ने–गाभिने सम्बन्धमा सञ्चालक समितिले गरेका निर्णयहरु अनुमोदन गरिनेछ ।

सभामा एनएमबि र ओम मर्जपछि अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र संशोधन गर्ने जिम्मा सञ्चालक समितिलाई दिने एजेन्डा रहेको छ । त्यस्तै लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक अनुमोदन गर्ने विषय पनि रहेको छ ।

एनएमबि र ओमले जेठ २ गतेनै मर्जर सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । मर्जर सम्झौता पश्चात एनएमबिको सेयर कारोबार जेठ ३ गतेदेखि रोक्का छ ।

जेठ २ गतेसम्म कारोबार भई साउन २० गतेसम्म सेयर रजिष्ट्रार एनएमबि क्यापिटलमा कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् । मर्जरपछि एनएमबि बैंक नै नाम राखिने जनाएको छ ।

त्यस्तै, ओम डेभलपमेन्ट बैंकले भने भोली सोमबार (साउन २७ मा) विशेष साधारण सभा बोलाएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS