सूर्या लाइफको ७०% हकप्रद भदौ ८ गतेबाट, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले भदौ ८ गतेबाट ७० प्रतिशत हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १०ः७ को अनुपातमा ८८ लाख ७४ हजार ९६ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो । असोज १२ गतेसम्म हकप्रदमा आवेदन दिन सकिन्छ ।

हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ । साउन २८ गतेसम्म मात्र कायम सेयरधनीले आवेदन दिन सक्ने जनाएको छ ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सूर्याको हकप्रदलाई औसत भन्दा कमजोर आधार जनाउने ‘केयर एनपी ग्रेड ४’ रेटिङ दिएको छ ।

बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल काठमाडौं तथा आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । त्यस्तै, सूर्याको बिरगञ्ज, नारायणघाट, विराटनगर, धरान र बुटवल शाखाबाट पनि आवेदन दिन सकिनेछ । पोखरा, सुर्खेत र महेन्द्रनगर शाखाबाट पनि आवेदन दिने व्यबस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार